Saturday 3rd October 2026

तीन ठुला पार्टीको विकल्प स्वतन्त्र वा अन्य साना पार्टी


अम्बरिश पोख्रेल – आसन्न स्थानीय तहको निर्वाचनमा तीन ठूला पार्टीहरूको विकल्प हालको लागी स्वतन्त्र वा अन्य नयाँ साना दलहरू हुन ।

तीस वर्ष देखि देशलाई झन् झन् तबाह बनाएका, नेपालका तीन ठूला पार्टीहरुको विकल्प हालको लागि, स्वतन्त्र वा अन्य साना साना नयाँ पार्टी हरु हुन ।

यो पटकको स्थानीय निर्वाचनमा विकल्पको प्रयोग गरेर ठूला पार्टीहरुलाई आगामी दिनहरूमा राम्रा राम्रा उम्मेदवारहरु उठाउनको लागि सच्चिने शिक्षा दिन सकिन्छ ।

तर सड्कमा मानिस हसाउन योग्य युक्रेनी राष्ट्रपति जीलेन्सकीहरुलाई चुनावी अभियानबाटै माथि पुर्याइयो भने, नेपालमा पनि समृद्धि होइन, अनिष्ट निम्तिने गर्छ । त्यो खतरा टड्कारो रुपमा अगाडि आएको देखिन्छ ।

अहिले देशव्यापी रूपमा केही मानिसहरूलाई नेपथ्यमा बसेर लैनचौर वा पानीपोखरीका शक्तिले स्वतन्त्र उम्मेदवारको रूपमा अगाडि सारेको पनि हुन सक्ने सम्भावना लाई नकार्न सकिंदैन । त्यो कुरा एकदमै छिटो थाहा हुने नै छ । कम्तीमा आगामी संसदीय निर्वाचन सम्म कुर्नु पर्छ होला जान्नकाे लागी । भलै यो कुरा सही नहोस् ।

जीलेन्सकीहरुबाट बचौ र तुलनात्मक रूपमा कम कवाड उम्मेदवारलाई मतदान गरौं ।

अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...