Saturday 20th April 2024

स्याङ्जामा मतदाता बोकेको जीप दूर्घटना, १३ को मृत्यु, १२ घाइते


स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सिख्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

मृतकहरूको सनाखत भइसकेको छैन । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूलाइ प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...