Sunday 17th May 2026

स्थानीय चुनावमा एमाले अगाडि आउने


अम्बरिश पोख्रेल – यसपालीको स्थानीय चुनावमा एमाले अगाडि आउने निश्चित देखिएको छ । दुःखको कुरा, चर्चित स्वतन्त्र उम्मेदवारहरु मध्यम स्तरका हुनु र कांग्रेसले सयाैं पालिकामा उम्मेदवारी समेत नदिनुले एमाले यस पटकको स्थानीय निर्वाचनमा पहिलो पार्टी हुने देखिएको हो । देशभर प्रशिक्षण गर्नमा एमाले अगाडि रहेकोले चुनावी परिणाम पनि सोही किसिमले आउने संकेत गरेको छ ।

१. यसपालीको स्थानीय निर्वाचनमा एमाले एक नम्बर हुने देखियो । ठूलो उत्साहका साथ एक्लै भिडी रहेको मात्र होइन, तराईका जिल्ला हरुमा समेत नयाँ तरंग ल्याएको देखिन्छ ।

२. कांग्रेसले अहिले नै १०७ स्थानहरुमा पालिका अध्यक्षहरु हारिसक्यो किनकी उम्मेदवार समेत उठाएको छैन ।

३. नेकपा माओवादी तेस्रो स्थानमा स्वतः आउने नै भयो । त्यो मात्र होइन, पहिलाको भन्दा नयाँ नयाँ पालिका तथा वडाहरुमा अग्रस्थानमा आउने देखिन्छ, कारण नेका संगको गठबंधन ।

४. समग्रमा नेकपा एमाले, माओवादी, नेकपा समाजवादी तथा अन्य बामपन्थी समूहको विजय गणना गर्ने हो भने बहुमत सदस्यहरू विजय हुने देखियो । कांग्रेस गत निर्वाचनमा भन्दा पनि पछाडि पर्ने देखिन्छ ।

५. नयाँ विशेष कुरा के छ भने, राप्रपा आफू साँच्चै सानो पार्टी थियो तर अध्यक्ष लिङदेलले एक्कासी पार्टीलाई नयाँ उचाइमा उठाएर अहिलेको स्थानीय चुनावमा एक्लै भिड्न, आफ्ना समर्थक भोटर तथा कार्यकर्तालाई नैतिक शक्ति प्रदान गरिरहेका छन् ।

६. लिङदेलको यो साहसपुर्ण कदमले पार्टीलाई जनस्तर बीच पनि नयाँ उचाइमा स्वतः पुर्याउने छ । अब उनका समर्थक, भोटर वा कार्यकर्ताले आफू राप्रपा भएको गौरव गर्न सुरु गर्ने छन् । हिजोको जस्तो भित्र भित्र ग्लानि महसुस गर्ने छैनन्, कम्तीमा पनि लिङदेल अध्यक्ष रहुन्जेल ।
राप्रपाको लागि यो चुनाव जनता सामु पुग्ने सुवर्ण अवसर साबित भएको छ। तर लिङदेल लाई अध्यक्षबाट छिट्टै निकाल्न पनि सक्छन्, यसको पछाडि प्रमुख दुई वैदेशिक कारणहरू स्पष्ट छन् ।

७. स्वतन्त्र उम्मेदवार हरु मध्यम रहेछन् ।

केही चर्चित स्वतन्त्र उम्मेदवारहरुले आफै दाबी गरे अनुसार पनि उनीहरूले लामो समय देखि तयारी गरेको अर्थात् आफू चुनावमा उठ्ने विचार गरेको भनेर भनेका छन् ! जस्तै पोखराका एक साहित्यकार जसलाई धेरैले चिन्ने रहेछन् त्यहाँ । त्यसै गरी काठमाण्डौमा ईन्जिनियर बालेन्द्र शाह समेत ।

यदि लामो तयारी गरेका थिए भने, उनीहरूले प्रस्तुत गरेका योजनाहरू किन निकै हचुवा वा फितलो रहेको देखिन्छ ? यसको पछाडि प्रमुख तीन कारणहरू हुन सक्छ ।

(क) पहिलो कारण हुनसक्छ: उनीहरूको लामो तयारी थिएन, केही महिना अगाडिबाट मात्र तयारी ( उठ्ने मनसाय) थियो ।

(ख) दोस्रो कारण: यदि साँच्चै लामो तयारी नै थियो भने, किन उनीहरूका योजनाहरू फितलो देखिन्छ होला त ? जस्तै काठमाडौंमा अवस्थित शिक्षा सम्बन्धी समस्या तथा समाधानका उपायहरु बारेमा । यसको लागि बलेन्द्र शाहको अन्तरवार्ता रेकर्ड सुन्न सकिन्छ जताततै । यसको कारण हो, उनीहरू स्वयंम आफैमा नयाँ सृजना शक्ति अर्थात् चमत्कारिक भिजन राख्न सक्ने देखिँदैन, जुन अहिलेको पुस्ताले खोजिरहेको छ र आवश्यक पनि । जस्तै उनले स्कूलहरु मर्ज गरेर समस्या समाधान गर्ने भनेका छन । जुन सही होइन र नयाँ पनि होइन ।

(ग) तेस्रो कारण: नेपथ्यमा बसेर कुनै अमूक गिरोह वा शक्तिले उनीहरूलाई उम्मेदवार बनाइरहेको हुन सक्छ। शायद आउँदो संसदीय निर्वाचनमा यो कुराको भेद खुल्न सक्छ होला ।

८. यसरी अहिले देखा परेका चर्चित स्वतन्त्र उम्मेदवारहरु पनि मध्यम स्तरका उम्मेदवार हुन जस्तो महसुस हुन्छ । अर्थात् उनीहरू बराबर त पार्टीको टिकट लिएर उठिरहेका प्रत्येक पार्टीका दर्जनौं दर्जन उम्मेदवारहरु छँदै छन् नी ।

९. नेपाली जनताहरु, अहिलेका मध्यम स्तरका उम्मेदवारहरु (नेताहरुबाट) भन्दा अझ माथि निस्केर देश र जनताको समृद्धिको बाटोमा:

(क) उत्तम,
(ख) अति उत्तम,
(ग) र सर्वोत्तम नेतृत्व गर्न सक्नेको खोजी गरिरहेको छ ।

१०. अर्को कुरा, पुराना पार्टीहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारहरु विकल्प हुन गार्हो हुन्छ, जुन दिगो हुँदैनन् लामो समयको लागि । बरु नयाँ पार्टीहरुको समर्थन गर्दै जाँदा, त्यहाँ नयाँ प्रकारका उत्तम नेतृत्व भेट्टाउन सकिन्छ । त्यो प्रबल संभावना रहन्छ सधैं ।

११. त्यसैले अहिलेका मध्यम स्तरीय स्वतन्त्र उम्मेद्वारहरु भन्दा पनि, नयाँ पार्टीको नयाँ नयाँ उम्मेदवारहरुलाई भोट गरियो भने अरु सम्भावना बढेर जान्छ, राम्रा राम्रा प्रतिनिधिहरूको ।

१२. वालेन्द्र शाह जस्ता स्वतन्त्र उम्मेदवारहरुले दर्जनौं ठाउँहरूमा उमेदवारी दिएर पुराना पार्टीहरुलाई राम्ररी झस्काएका छन् जून चाहिँ पुरै सकारात्मक पक्ष हो । त्यही कारण पनि एमालेबाट केशव स्थापितले पुन: टिकट पाएका हुन सक्छन् । एमालेको लागि स्थापित भन्दा राम्रो उम्मेदवार हालको लागी अरु छैन खासमा ।
अस्तु ।

ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...