Thursday 25th April 2024

स्थानीय चुनावमा एमाले अगाडि आउने


अम्बरिश पोख्रेल – यसपालीको स्थानीय चुनावमा एमाले अगाडि आउने निश्चित देखिएको छ । दुःखको कुरा, चर्चित स्वतन्त्र उम्मेदवारहरु मध्यम स्तरका हुनु र कांग्रेसले सयाैं पालिकामा उम्मेदवारी समेत नदिनुले एमाले यस पटकको स्थानीय निर्वाचनमा पहिलो पार्टी हुने देखिएको हो । देशभर प्रशिक्षण गर्नमा एमाले अगाडि रहेकोले चुनावी परिणाम पनि सोही किसिमले आउने संकेत गरेको छ ।

१. यसपालीको स्थानीय निर्वाचनमा एमाले एक नम्बर हुने देखियो । ठूलो उत्साहका साथ एक्लै भिडी रहेको मात्र होइन, तराईका जिल्ला हरुमा समेत नयाँ तरंग ल्याएको देखिन्छ ।

२. कांग्रेसले अहिले नै १०७ स्थानहरुमा पालिका अध्यक्षहरु हारिसक्यो किनकी उम्मेदवार समेत उठाएको छैन ।

३. नेकपा माओवादी तेस्रो स्थानमा स्वतः आउने नै भयो । त्यो मात्र होइन, पहिलाको भन्दा नयाँ नयाँ पालिका तथा वडाहरुमा अग्रस्थानमा आउने देखिन्छ, कारण नेका संगको गठबंधन ।

४. समग्रमा नेकपा एमाले, माओवादी, नेकपा समाजवादी तथा अन्य बामपन्थी समूहको विजय गणना गर्ने हो भने बहुमत सदस्यहरू विजय हुने देखियो । कांग्रेस गत निर्वाचनमा भन्दा पनि पछाडि पर्ने देखिन्छ ।

५. नयाँ विशेष कुरा के छ भने, राप्रपा आफू साँच्चै सानो पार्टी थियो तर अध्यक्ष लिङदेलले एक्कासी पार्टीलाई नयाँ उचाइमा उठाएर अहिलेको स्थानीय चुनावमा एक्लै भिड्न, आफ्ना समर्थक भोटर तथा कार्यकर्तालाई नैतिक शक्ति प्रदान गरिरहेका छन् ।

६. लिङदेलको यो साहसपुर्ण कदमले पार्टीलाई जनस्तर बीच पनि नयाँ उचाइमा स्वतः पुर्याउने छ । अब उनका समर्थक, भोटर वा कार्यकर्ताले आफू राप्रपा भएको गौरव गर्न सुरु गर्ने छन् । हिजोको जस्तो भित्र भित्र ग्लानि महसुस गर्ने छैनन्, कम्तीमा पनि लिङदेल अध्यक्ष रहुन्जेल ।
राप्रपाको लागि यो चुनाव जनता सामु पुग्ने सुवर्ण अवसर साबित भएको छ। तर लिङदेल लाई अध्यक्षबाट छिट्टै निकाल्न पनि सक्छन्, यसको पछाडि प्रमुख दुई वैदेशिक कारणहरू स्पष्ट छन् ।

७. स्वतन्त्र उम्मेदवार हरु मध्यम रहेछन् ।

केही चर्चित स्वतन्त्र उम्मेदवारहरुले आफै दाबी गरे अनुसार पनि उनीहरूले लामो समय देखि तयारी गरेको अर्थात् आफू चुनावमा उठ्ने विचार गरेको भनेर भनेका छन् ! जस्तै पोखराका एक साहित्यकार जसलाई धेरैले चिन्ने रहेछन् त्यहाँ । त्यसै गरी काठमाण्डौमा ईन्जिनियर बालेन्द्र शाह समेत ।

यदि लामो तयारी गरेका थिए भने, उनीहरूले प्रस्तुत गरेका योजनाहरू किन निकै हचुवा वा फितलो रहेको देखिन्छ ? यसको पछाडि प्रमुख तीन कारणहरू हुन सक्छ ।

(क) पहिलो कारण हुनसक्छ: उनीहरूको लामो तयारी थिएन, केही महिना अगाडिबाट मात्र तयारी ( उठ्ने मनसाय) थियो ।

(ख) दोस्रो कारण: यदि साँच्चै लामो तयारी नै थियो भने, किन उनीहरूका योजनाहरू फितलो देखिन्छ होला त ? जस्तै काठमाडौंमा अवस्थित शिक्षा सम्बन्धी समस्या तथा समाधानका उपायहरु बारेमा । यसको लागि बलेन्द्र शाहको अन्तरवार्ता रेकर्ड सुन्न सकिन्छ जताततै । यसको कारण हो, उनीहरू स्वयंम आफैमा नयाँ सृजना शक्ति अर्थात् चमत्कारिक भिजन राख्न सक्ने देखिँदैन, जुन अहिलेको पुस्ताले खोजिरहेको छ र आवश्यक पनि । जस्तै उनले स्कूलहरु मर्ज गरेर समस्या समाधान गर्ने भनेका छन । जुन सही होइन र नयाँ पनि होइन ।

(ग) तेस्रो कारण: नेपथ्यमा बसेर कुनै अमूक गिरोह वा शक्तिले उनीहरूलाई उम्मेदवार बनाइरहेको हुन सक्छ। शायद आउँदो संसदीय निर्वाचनमा यो कुराको भेद खुल्न सक्छ होला ।

८. यसरी अहिले देखा परेका चर्चित स्वतन्त्र उम्मेदवारहरु पनि मध्यम स्तरका उम्मेदवार हुन जस्तो महसुस हुन्छ । अर्थात् उनीहरू बराबर त पार्टीको टिकट लिएर उठिरहेका प्रत्येक पार्टीका दर्जनौं दर्जन उम्मेदवारहरु छँदै छन् नी ।

९. नेपाली जनताहरु, अहिलेका मध्यम स्तरका उम्मेदवारहरु (नेताहरुबाट) भन्दा अझ माथि निस्केर देश र जनताको समृद्धिको बाटोमा:

(क) उत्तम,
(ख) अति उत्तम,
(ग) र सर्वोत्तम नेतृत्व गर्न सक्नेको खोजी गरिरहेको छ ।

१०. अर्को कुरा, पुराना पार्टीहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारहरु विकल्प हुन गार्हो हुन्छ, जुन दिगो हुँदैनन् लामो समयको लागि । बरु नयाँ पार्टीहरुको समर्थन गर्दै जाँदा, त्यहाँ नयाँ प्रकारका उत्तम नेतृत्व भेट्टाउन सकिन्छ । त्यो प्रबल संभावना रहन्छ सधैं ।

११. त्यसैले अहिलेका मध्यम स्तरीय स्वतन्त्र उम्मेद्वारहरु भन्दा पनि, नयाँ पार्टीको नयाँ नयाँ उम्मेदवारहरुलाई भोट गरियो भने अरु सम्भावना बढेर जान्छ, राम्रा राम्रा प्रतिनिधिहरूको ।

१२. वालेन्द्र शाह जस्ता स्वतन्त्र उम्मेदवारहरुले दर्जनौं ठाउँहरूमा उमेदवारी दिएर पुराना पार्टीहरुलाई राम्ररी झस्काएका छन् जून चाहिँ पुरै सकारात्मक पक्ष हो । त्यही कारण पनि एमालेबाट केशव स्थापितले पुन: टिकट पाएका हुन सक्छन् । एमालेको लागि स्थापित भन्दा राम्रो उम्मेदवार हालको लागी अरु छैन खासमा ।
अस्तु ।

ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...