Wednesday 2nd September 2026

के बालेन शाहले चुनाव जित्लान् त ?


अम्बरिश पोख्रेल – सिंगो नेपाल अहिले निर्वाचनमय भएको छ । स्थानीय तहको निर्वाचन देश भरि नै हुने भए पनि देशका प्रमुख शहरहरूमा भने संसदीय निर्वाचन भन्दा पनि पेचिदो देखिएको छ स्थानीय निर्वाचन । देशको मुटुको रूपमा रहेको काठमाडाैं महानगरपालिकामा यस पटकको निर्वाचनमा स्थापित राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको हाइहाइ हुने किसिमले निर्वाचनको प्रचारवाजी भइरहेको छ । यस पटकको स्थानीय निर्वाचनमा काठमाडाैं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह पनि मैदानमा उत्रीएका छन् । उनको पक्षमा जनलहर पनि देखिएको छ ।

के त्यसो भए बालेन शाह यस पटक काठमाडाैं महानगरपालिकाको मेयर पदमा निर्वाचित होलान् त ? यो पंतिकारकाे दृष्टिमा बालेन शाह जति नै युवाको ढुकढुकी भए पनि यस पटक काठमाडाैंको मेयर बन्ने संकेत भने देखिएको छैन । त्यसका विभिन्न कारणहरू छन् ।

१. काठमाण्डौका रैथाने अधिकांस नेवारहरुले उनलाई भोट हाल्दैनन । उ तराईको मधिसे मूलको हो, यहाँको रैथाने केटो होइन भनेर ठूलो प्रचार गरिएको छ ।

२. नेकाकी मेयर उम्मेदवार सृजना सिंहलाई समेत काठमाण्डौको रैथाने नेवार होइन भनेर, नेवारी समाजका विभिन्न क्षेत्रका अगुवाहरुले बारम्बार प्रचार गरिरहेका छन् । कम्तीमा पनि पुराना बस्तीको नेवारको भोट स्थापितलाई जाओस भन्ने अभियान भित्र भित्र छ ।

३. नयाँ बस्तीका मानिसहरू धेरैले पार्टी हेरेर भोट हाल्ने गरेको देखिन्छ, पहिलो संविधान सभाको चुनावमा माओवादीलाई जिताएको अबस्था बाहेक ।

४. तर स्पष्ट छ, ३१ वर्षीय बालेन शाहले स्वतन्त्र उम्मेदवारको घोषणा नगरेको भए, २५ वर्ष अगाडि कै पुरानो उम्मेदवार केशव स्थापितले टिकट समेत पाउने थिएनन् ।

५. माथिका चारै कुराहरूलाई चुनौती पेश गर्नु पर्छ भनेर, नयाँ बस्तीका भोटरहरुले पनि सिन्डिकेट बनाउन सुरु गरे भने, वा माथिको कुराहरू बुझे वा थाहा पाए भने मात्र बालेन शाहको पक्षमा पल्ला भारी हुन सक्छ ।

६. अन्यथा यस अघिको चुनावमा काठमाण्डौको रैथाने नेवार बस्ती भित्र नै जन्मेको हुर्केको पढेको सधैं त्यही स्थानीय राजनीति गरेको (सायद नविन्द्र राज जोशी?) तर उनका पिता पश्चिम नेपालका बाहुन जोशी भएकै कारणले चुनाव हार्नु परेको स्पष्ट छ ।
अस्तु।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...