तितोपाटी - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको' भन्दै 'एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको' उल्लेख गरे। यति चाँडो विवाह…
तितोपाटी - प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आज(सोमबार)देखि सुरु भएकाे छ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ। यस वर्षको मेला माघ ७…
तितोपाटी - नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका…
तितोपाटी - दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्। यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्। कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी…
तितोपाटी - भारतका एक ‘मोटिभेसनल स्पिकर’ ले मिथ्यांकको सहारा लिएर नेपालका बारेमा भ्रामक प्रचार गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको यूट्यूब भिडियो अहिले नेपालमा समेत ट्रेन्डिङ छ । मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका हुन् । भिडियोलाई दुई…
तितोपाटी - चितवनकी एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा अाज बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ । मितेरी…
तितोपाटी - रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो। मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते…
तितोपाटी - मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्। ‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको…
तितोपाटी - निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो । स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा…
तितोपाटी - हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो । २५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११…
![]()