Thursday 13th August 2026

स्वास्थ्यकर्मीबाट छातीको एक्सरे गर्ने बहानामा यौन दुर्व्यवहार


तिताेपाटी – यौन दुर्व्यवहार आरोपमा एकजना स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले पक्राउ गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका- ४ लोहरौलीमा एक्सरे-प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

अन्नपुर्णमा पोष्टमा खबर छ दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका(९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमासमेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

ल्याव असिस्टेण्टसमेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको पीडितपक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी हुन् ।

भारतीय सीमा क्षेत्रको बर्गदवामा एक्सरे सेवा उपलव्ध छैन । जसकारण त्यस क्षेत्रका भारतीय बिरामीहरु सीमावर्ती नेपालका स्वास्थ्य संस्था र क्लिनिकहरुमा आउने गरेका
छन् ।

प्रहरीका अनुसार भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए ।

यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएको उनलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ ।

दुर्व्यवहारपछि आरोपितलाई मासो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले प्रहरी चढेको बा १ झ ६४४५ नम्बरको गाडीसमेत तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

पक्राउ परेका यादवमाथि ‘बाल यौन दुरुपयोग’ मा मुद्दा प्रकृया अघि बढाइएको प्रनाउ थापाले जानकारी दिए । गाडी तोडफोड आरोपमा पक्राउ परेका युवाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य…

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

प्रतिकृयाहरू
...