Thursday 17th September 2026

लुटपाट गर्ने समूहलाई चन्दा नदिन प्रधानमन्त्रीकाे निर्देशन


तिताेपाटी — प्रधानमन्त्री केपी ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।  ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्’ नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘लुटेरा प्रवृत्ति देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’

पटक पटक वार्तामा बोलाउँदा समेत नआएको भन्दै पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति प्रधानमन्त्री आक्रोशित छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत नेकपा विप्लव समूहका गतिविधि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जुन निर्णयपछि मुलुकमा पुन: द्वन्द्व हुने भयले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरुमा समर्थन र विरोधमा प्रतिक्रियाहरु आइरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको समेत दाबी गरे । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेहरुले अहिले यसको विरोध गरेका छन्’ उनले भने ।

उनले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्नसमेत आग्रह गरे । ‘जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।’ उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाए । ‘अवसरहरु सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन, मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...