Sunday 2nd August 2026

सीके राउतलाई सरकारले कारबाही गर्नुपर्छः : कमल थापा


तीतोपाटी-रापपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।

मंगलबार बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत गरे ।

 ‘देशमा सानै भएपनि विखण्डनकारी तत्व सल्बलाएको छ, सहमति आफैँमा विरोधाभाष,अमूर्त, विवादित र रहस्यमय छ’, तत्कालीन माओवादीपनि सानै थियो, यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व हुनसक्छ ।  उनले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए ।

नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...