तितोपाटी - भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षका बाबु रमन बिकको हत्या गरेको प्रहरीले बताएको छ। बिहीबार बिहान ५ बजेतिर रमनलाई खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए। हत्यामा…
तितोपाटी - झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ…
तितोपाटी - बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ । समाचार अनुसार बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको भावना अनुरूप बनाउनु पर्ने बताएका छन् । संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मै आँच आउने गरि समाचार लेखेकै आधारमा पत्रकारलाई दश– दश लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित…
तितोपाटी- बुहारी हत्याको सिलसिलामा सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइतिपक्षले आरोप लागएको छ । मंगलबार अपरान्ह घरकै एक सदस्यले मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराइएको थियो । छिमेकले तत्काल प्रहरीलाई…
तितोपाटी- बुटवलमा कतिपय व्यक्तिको देखाउने दाँत मात्र होटल व्यवसाय बन्दै आईरहे पनि मुख्य व्यवसाय भनेको यौनधन्दा हुने गरेको सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला बुधवार इलाका प्रहरी कार्यालय बुटवलले एक होटल सञ्चालकलाई यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरि सार्वाजनिक गरेको छ । बुटवल–११ को कालिकानगरस्तिथ राप्ती मेनु होटल सञ्चालक टेकबहादुर कुँवर रउनकी…
तितोपाटी - नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो। प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतम, नापी रविन कार्कीसहितको टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको हो। उनीहरुको साथमा नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङबु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी…
तितोपाटी - अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेको भेटिएका छन् । यतिखेर जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङले…
तितोपाटी - पाँचथरको मिक्लाजुङ-३, आरुबोटे बासीहरू यतिखेर निकै त्रसित अबस्थामा छन् । गत सोमबार राती २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरि हत्या भएपछि मिक्लाजुङ क्षेत्रका बासिन्दा त्रसित भएका हुन् । घटनापछि गाउँ त्रास र शोकमा छ । विशेष गरि महिला र बालबालिका आतंकित बनेका छन् । सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर…
तितोपाटी- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो। संविधानमा उल्लेख…
![]()