Tuesday 8th September 2026

फेरि आमाको हत्या ! मर्नुअघि आमाले छाेरालाई खुवाएकी थिइन् भालेको मासु र साग


राजविराज -भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ परेका मृतककै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामी मगरलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित उनकै छोरा जंगबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।

दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश बस्नेतले जानकारी दिए । प्रहरी निरीक्षक बस्नेतका अनुसार छोराले इच्छा गरेपछि बिहान घरमा पालेको कुखुराको भाले काटेर आमाले नै पकाएर खुवाएकी थिइन् ।

छोराले साग पनि खाने भनेपछि आमाले सकि–नसकी साग टिपेर ल्याइ पकाएर खुवाएको मृतकका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामीले बताए । धनमायाले घरमा खैनी र मोबाइलमा रिचार्ज सकिएको भनेपछि लोकबहादुर बजार निक्लिएका बेला हत्याको घटना भएको उनी बताउँछन् ।

आरोपितलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनाको थुनमा हिरासतमा राखिएको छ । खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव घरमै फेला परेको थियो ।

शवको पोष्टमार्टम रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा भएको छ । जंगबहादुर मनोरोगी भएको र नियमित मादक पदार्थ सेवनको अम्मली रहेको बताएका गाउँलेहरुले घटनाका बेला पनि उनले मादक पदार्थ सेवन गरेको बताए ।

मनोरोगी भएकै कारण आठ वर्ष अघि जंगबहादुरकी श्रीमति १३ वर्षीय एक छोरा र १० वर्षीय छोरासहित घर छाडेर उदयपुरको बतासेस्थित माइत बसेको छिमेकीहरु बताउँछन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...