Monday 26th January 2026
नेपालको समाचार
Image

तितोपाटी- कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै…

Image

तोयानाथ उपेक्षित - नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन । मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा…

Image

तितोपाटी- मन्त्रिपरिषद बैठक बस्दैछ । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने तय भएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसलाअनुसार १३ दिनभित्र संसद् बैठक बोलाउनुपर्ने भएकोले त्यसको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने बुझिएको छ । हिजो साँझमात्रै प्रधानमन्त्री…

Image

तितोपाटी- सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक घटनाक्रमप्रति चीन र भारतका राजदूतहरु पनि सक्रिय हुन थालेका हुन् । संसद पुनर्स्थापना भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेटवार्ता…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए। ‘मान्छेहरुको मनोवृत्ति अचम्म लाग्छ, मेरा केही भाइहरुले लड्डु खुवाएछन्, खुसी भएर, जित्यौं हामीले…

Image

तितोपाटी- सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ…

Image

तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति…

Image

तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो ।…

Image

तितोपाटी- नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।…

Image

तितोपाटी- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए । उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको…