Sunday 1st November 2026

प्रचण्ड र माधव नेपालद्वारा कांग्रेस सभापति देउवासँग भेट


तितोपाटी- सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ । त्यसैले दाहाल नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट गरेकाे बताइएको छ ।

मंगलबार चितवनमा रहेका दाहाल र नेपाल देउवासँग छलफल गर्न आज काठमाडौं आएका थिए ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...