Tuesday 15th July 2025

निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त


तितोपाटी- नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

‘आज मिति २०७७ फागुन ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...