Thursday 8th October 2026

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन


भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले बचाउन सकेनन्।

नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली कलाकार मानिन्थे। उनले आफ्नो दमदार अभिनय र विशेष संवाद शैलीका कारण लाखौं दर्शकमाझ पहिचान बनाएका थिए। उनले करिब पाँच दशक लामो करियरमा धेरै चर्चित चलचित्रमा अभिनय गरेका थिए।

सन् १९८९ को फिल्म ‘परिन्दा’ बाट उनी निकै लोकप्रिय बनेका थिए। त्यसपछि ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’, ‘प्रहार’ र ‘राजनीति’ जस्ता चलचित्रमा उनका अभिनयले विशेष प्रशंसा पाएका थिए।

उनी सामाजिक काममा पनि सक्रिय थिए। किसानहरूको हित र पानी संरक्षणका लागि उनले नाम फाउन्डेसन स्थापना गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राजनीतिक तथा फिल्मी व्यक्तित्वहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...