Wednesday 21st October 2026

प्रतिनिधिसभा निर्वाचनमा उमेद्वार बन्न बालेन हर्कले दिए मेयरबाट राजिनामा


तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट स्वेच्छाले राजीनामा दिएका छन्। बालेनले माघ ४ गते  देखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेश गरेका हुन्। बालेन रास्वपाबाट झापा ५ बाट चुनाव लड्ने चर्चा छ ।

त्यस्तै   धरानका मेयर हर्कराज राई  (हर्क साम्पाङ्ग) ले आफ्नो  पदबाट राजीनामा बुझाएका छन् । त्यस्तै सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पदबाट आइतबार राजीनामा दिएका छ्न ।साम्पाङले कार्यपालिका बैठकमा उपप्रमुख आईन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन। हर्क आफ्नै नेतृत्वको दल रास्ट्रीय श्रम संस्कृति पाटीबाट सुनसरी १ बाट उमेद्वार बन्ने घोषणा गरेका छन ।

मेयरले राजीनामा पेश गरे सँगै उप–प्रमुखले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने कानुनी प्रक्रिया अघि बढ्नेछ।

 

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...