Saturday 20th June 2026

‘मैले राजीनामा दिएको छैन’: महान्यायाधिवक्ता खरेल


तितोपाटी- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए ।

उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधैं अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उनले बताए। अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए ।

आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको बताए।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...