Thursday 8th October 2026

कोभिड खोपले धकेल्यो हात्तीपाइले अभियान


तितोपाटी- कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै बेला हात्तीपाइलेविरुद्धको औषधि दिँदा हुन सक्ने असरको जोखिम घटाउन अभियान पर सारिएको हो। महाशाखाले फागुन २० गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको थियो। कोभिड–१९ को खोप र हात्तीपाइलेको औषधि दुवैले एलर्जी हुने हुनाले एकै अवधिमा प्रयोग गर्दा कुनको एलर्जी भनेर छुट्ट्याउन नसक्दा समस्या हुने महाशाखा प्रमुख कृष्णा पौडेलले बताए। ‘कहिलेकाहीँ भवितव्य हुन सक्छ, कुन औषधिको एलर्जी छुट्टयाउन नसक्दा उपचारमा समस्या हुन्छ,’ उनले भने।

कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै बेला हात्तीपाइलेविरुद्धको औषधि अभियान भए स्वास्थ्यकर्र्मी परिचालनमा समेत समस्या हुने भएकाले सो अभियान सार्नुपरेको प्रमुख पौडेलको भनाइ छ। अघिल्लो वर्ष १३ जिल्लामा हात्तीपाइलेविरुद्ध अभियान चलाएकोमा यो वर्ष १२ वटा जिल्लामा अभियान चल्नेछ। १३ जिल्लामध्ये कञ्चनपुरमा हात्तीपाइले रोग नियन्त्रण भएपछि यो वर्षदेखि बर्दिया, बाँके, पर्वत, धादिङ, लमजुङ, झापा, मोरङलगायत १२ जिल्लामा अभियान चल्नेछ। नेपालमा हात्तीपाइले रोग निवारणका लागि सरकारले यो वर्ष स्वास्थ्यकर्मी आफैंले औषधि खुवाउने कार्यक्रम छ। लामखुट्टेको टोकाइबाट यो रोग सर्छ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...