Saturday 15th August 2026

पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन


तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्य, उपाध्यक्षमा जेसी प्रकाश कार्की,जेसी सुनिल पंगेनी,जेसी दुस्यान्त भण्डारी, जेसी नि­जाम दिन मियाँ रहेका छन्। यस्तै जनसम्पर्क अधिकारीमा जेसी पवन कुंवर र सचिवमा जेसी बालकृष्ण बस्याल चयन भएको नवनिर्बाचित अध्यक्ष महेश खनालले जानकारी दिए ।

अधिवेशनको प्रमुख अथिति एबम जेसीज २०१६ का अध्यक्ष जेसी रिलनमान महर्जनले कार्यक्रमको उद्घाटन गर्दै महेश खनाल नेतृत्वको नयाँ निर्वाचित  समितिलाई बधाईसंगै  सफलतापुर्वक कार्यकाल पुरा गर्ने वर्ष-२०२५को कार्यसमिति प्रति धन्यबाद दिएका थिए  । प्रमुख अथिति महर्जनले  जेसीजको उद्देश्य र भावना अनुसार काम गर्न नयाँ नेतृत्वलाई सुझाव समेत दिए । कार्यक्रममा पाल्पा जेसीसका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्य, बर्ष-२०२४ का अध्यक्ष अर्जुन कार्की लगायतले पुरानो कार्यसमितिले सफलता पुर्वक कार्यकाल पुरा गरेकोमा आभार प्रकट गर्दै  नयाँ नेतृत्व लाई बधाई दिदै सक्रिय रुपमा सामाजिक र रचनात्मक कार्य गर्दै अघि बढ्न सुझाव दिएका थिए ।
नव निर्वाचित अध्यक्ष खनालले  शाखाको लागि हरपल  साथ र सहयोग पुर्याउने  सम्पूर्णलाई धन्यवाद समेत दिदै   नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि बर्ष २०२६मा  विभिन्न रचनात्मक कार्यक्रम गरी शाखालाई  सक्रिय रुपमा अघि बढाउने बताए ।
कार्यक्रम वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्यको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी विजय कार्कीको मन्तब्यबाट  स्वागत र महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...