Thursday 27th August 2026

मेरा भाइहरुले लड्डु खाएछन्, के पाउँछन् हेर्नुछ -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए।

‘मान्छेहरुको मनोवृत्ति अचम्म लाग्छ, मेरा केही भाइहरुले लड्डु खुवाएछन्, खुसी भएर, जित्यौं हामीले भनेर। के जिते मलाई थाहा छैन। लड्डु खाएर के पाउँछन् हेर्नुछ,’ ओली भने,‘मेरो विचारमा भोलि–पर्सिततिर राजीनामा माग्नुहुन्छ कि लाग्छ। राजीनामा देउ, राजीनामा देउ भनेर। खैर यतापट्टि चिन्ता गर्नुपर्दैन। जबसम्म बाँचिन्छ राम्रो काम गर्ने हो।’

उनले सरकारले थुप्रै विकास निर्माणमा काम गरेको बताएका थिए। पहिले वर्षमा १० किलोमिटर बाटोमात्र कालोपत्रे हुने गरेकोमा अहिले दिनमा ५.७ किलोमिटर सडक कालोपत्रे भइरहेको बताए।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...