Saturday 31st October 2026

मेरा भाइहरुले लड्डु खाएछन्, के पाउँछन् हेर्नुछ -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए।

‘मान्छेहरुको मनोवृत्ति अचम्म लाग्छ, मेरा केही भाइहरुले लड्डु खुवाएछन्, खुसी भएर, जित्यौं हामीले भनेर। के जिते मलाई थाहा छैन। लड्डु खाएर के पाउँछन् हेर्नुछ,’ ओली भने,‘मेरो विचारमा भोलि–पर्सिततिर राजीनामा माग्नुहुन्छ कि लाग्छ। राजीनामा देउ, राजीनामा देउ भनेर। खैर यतापट्टि चिन्ता गर्नुपर्दैन। जबसम्म बाँचिन्छ राम्रो काम गर्ने हो।’

उनले सरकारले थुप्रै विकास निर्माणमा काम गरेको बताएका थिए। पहिले वर्षमा १० किलोमिटर बाटोमात्र कालोपत्रे हुने गरेकोमा अहिले दिनमा ५.७ किलोमिटर सडक कालोपत्रे भइरहेको बताए।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...