Sunday 1st November 2026

भारत र चीनका राजदूतद्वारा देउवासँग भेटवार्ता


तितोपाटी- सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक घटनाक्रमप्रति चीन र भारतका राजदूतहरु पनि सक्रिय हुन थालेका हुन् ।

संसद पुनर्स्थापना भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेटवार्ता गरेका छन् ।

दुबै राजदूतले बिहीबार देउवासँग भेटेर अबको बाटो र राजनीतिक निकास बारेमा चासो राखेका हुन् । देउवा निवास बुढानिलकण्ठमा छुट्टाछुट्टै भेट गरेर अवको राजनीतिमा कांग्रेसको भुमिकावारे चासो राखेका हुन् ।

जवाफमा कांग्रेस सभापति देउवाले सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि संविधान र लोकतन्त्र बलियो भएको भन्दै दलहरुसँगको परामर्शमा उचित निकास निकाल्न कांग्रेसले भुमिका निर्वाह गर्ने जानकारी गराएका छन् ।

नयाँ सत्ता समिकरणमा कांग्रेस निर्णायक भएपछि देउवासँग अन्य दलका नेताले पनि भेट तिब्र पारेका छन् । नेकपाका दुबै पक्षले सहकार्यका विषयमा परामर्श गरिरहेका छन् । तर कांग्रेसले नेकपा विवाद नटुंगिएसम्म छलफलको वातावरण नबन्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...