Saturday 26th September 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने…

Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको…

Image

तितोपाटी- साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो…

Image

हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो। सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने "सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा…

Image

तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ । कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ । बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको…

Image

तितोपाटी- रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु…

Image

तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो। कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश…

Image

तीतोपाटी - कुवेतमा कृयाशिल र धेरै सदस्यहरू भएको संस्थाको रूपमा चिनिएको संस्था नेपाल कुवेत सरोकार समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको छ । विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिन गइ नेपालको जनजीवन अाक्रान्त बन्दै गएपछि चाैतर्फी रूपमा सहयोग जुटाउने प्रयास भइरहेका बेला कुवेत स्थित नेपाल कुवेत…

Image

हरी कृष्ण न्यौपाने - बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट…

Image

हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्‍यु भएको छ।दाहालको मृत्‍यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले…