Sunday 1st November 2026

ओमानले परिवर्तन गर्‍यो भिसासम्बन्धी नियम, भिजिट भिसामा गएकाले वर्क पर्मिट लिन सक्ने


तितोपाटी- ओमन सरकारले विदेशी नागरिकका हकमा ‘वर्क भिसा’सम्बन्धी नियम परिवर्तन गरी नयाँ व्यवस्था लागू गरेको छ । अब ओमनमा भिजिट भिसामा गएका विदेशी नागरिकले वर्क पर्मिट लिन सक्ने छन् । ओमान सरकारले रोयल ओमन प्रहरी (आरओपी) घोषणा गरेसँगै भिजिट भिसामा प्रवेश गरेका विदेशी नागरिकले वर्क पर्मिट लिनका लागि आवेदन दिने बाटो खुलेको हो ।
विदेशीको लागि लागू हुने गरेको आवासीय कानुन (फरेनर्स रेसिडेन्स) मा व्यवस्था गरिएबमोजिम भिसा ‘वर्क भिसा’ वा अस्थायी ‘वर्क भिसा’ मा रुपान्तरण हुन सक्नेछन् । सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा, जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा, एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको र एक्सप्रेस भिसा (लगानीकर्ता), विद्यार्थी भिसा र जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसाले वर्क प्रर्मिटका लागि आवेदन लिन पाउने छन् ।
कोरोनका कारण विदेशी नागरिकका हकमा यस्तो सुविधा दिएको ओमानको विदेश मन्त्रालयले जनाएको छ ।

-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...