Friday 26th April 2024

आम नागरिक जागे मात्रै कोरोना भगाउन सकिन्छ


बसन्त थापा – अहिलेको समयमा, कोरोनाभाइरस हामी बीच तीव्रगतिमा फैलिरहेको छ। कोरोनाभाइरस देश भित्रका सबै प्रदेशहरुमा, र विश्वका हरेक देश मा फैलीएको छ। कोरोनाभाइरसका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्।

२०२० को सुरुवातीमा कोरोनाभाइरसको पहिलो लहरले धेरै मानिसहरूको मृत्यु भएको थियो। केही महिना पछि, मानिसहरूले यो कोरोना हराएको जस्तो लाग्न थाल्यो साहेद हुनसक्छ अब कोरोनाभाइरसबाट राहत पाउनेहोकी लाग्यो होला पनी, तर २०२१ मा जब कोरोनाभाइरसको दोस्रो लहर आयो, हाम्रो सोचाइ र बुझाई सबका सब गलत साबित हुन पूगे।

यो समय कोरोनाभाइरसको यो दोस्रो लहरले पहिलो लहर भन्दा बढी विनास गरेको छ। आज यदि हामीले हेर्यौं भने, कोरोनाभाइरसको दोस्रो लहरका कारण, देशका धेरै प्रदेशहरुमा निषेधाज्ञा जारी अवस्थामा छन र मानिसहरूलाई अत्यावश्यक काम बाहेकका अन्य मानिसहरुलाई बाहिर हिडड्डुल गर्न समेत अनुमती दिइएको छैन

देश भरी भिडभाडका कार्यहरूलाई पनि अनुमति दिइएको छैन भने कानुनी रूपमा पनी कडाई गरिएको छ किनभने यस पटक कोरोनाभाइरस धेरै छिटो फैलिने र साथ साथै विभिन्न भेरियन्ट भेटिएकोले कोरोनाको दोश्रो लहरमा सरकारद्वारा अलिक कडाई गरिएको हो।

यो समय भनेको आफु पनी बाच्ने र अरुलाई पनी कोभिड बारेमा जानकारी प्रदान गरी बचाउनु र सक्दो साथ सहयोग गर्नु हो। अनी मात्रै हामीमा देशप्रेमी भाव देखिने छ। हामीले मानिसहरूलाई यस कोरोनाभाइरसका बारे सचेत गराउनुपर्दछ, यसका बारे जानकारी हरेक नागरिकलाई दिन जरुरी छ। त्यसकारणले पनी उनीहरूलाई कोरोनाभाइरसको बारेमा पूर्ण जानकारी प्रदान गर्नु हाम्रो मुख्य कर्तव्य हो ताकि यस भाइरसको बारेमा सचेत गराउन र कोरोनाभाइरसबाट बच्न उपायहरू ती मानिसहहरुले पनी अवलम्बन गरून।त्यसो त सरकार लगायत सम्बन्धित निकायद्वारा पनी जनताहरुलाई निरन्तर सचेत गराउने कार्य गरीरहेका छन। कोरोनाबाट बच्नको लागी हामीले मास्क अनिवार्य लगाउनुपर्दछ, साथै छिन छिनमा हात धुने लगायतका बानी बसाल्ने र सम्भव रहे सम्म भिडभाड नगर्ने अन्यथा दुई मीटरको दूरी अपनाउनु यो नै अहिलेको विश्वका मानवजातीले पूरा गर्नुपर्ने आफ्नो दाहित्व हो।

यदि हामीले हाम्रा आफ्नाहरुलाई र हरेक नागरिकलाई यी सबै विषयको बारेमा सचेत गराउनेहो भने वास्तवमा हामी यस कोरोनाभाइरसको खतरा बिस्तारै हटाउन सक्षम हुनेछौं। अहिले विश्वमा विभिन्न नाम गरेका खोपहरु आएका छन, यी सब खोप पनि कोरोनाभाइरसको प्रभावलाई केही हदसम्म भए पनी कम गराउन तयार पारिएका हुन, तर यस खोपको बारेमा मानिसहरूमा यति धेरै भ्रमपूर्ण समाचारहरू छरिएको हुनाले सामान्य मानिसहरूमा अनेकन भ्रममा परीरहेका छन। हामी सबैले सम्भव रहेसम्म हरेक व्यक्तिलाई सचेत गराउनु पर्दछ अहिले खोप धेरै महत्त्वपूर्ण छ। खोप प्राप्त गर्नाले कोरोनाभाइरसबाट केही प्रतिशत बच्न सकिन्छ। त्यस कारणले पनी हाम्रो पहिलो कर्तव्य खोपको बारेमा जनचेतना जगाउनु हो।

सरकारद्वारा जारी निषेधाज्ञा स्थानहरुमा हामीले त्यहाका मानिसहरुलाई घरमा बस्न सल्लाह दिनुपर्दछ।अनी मात्र हामीले हाम्रा आफ्नाहरुलाई सुरक्षित राख्न सक्दछौं। हामीले सरकारको सचेतना अभियानमा सहयोग गर्नुपर्दछ, गलत जानकारी जनतामा फैलिन दिन हुदैन।

धेरै मानिसहरूलाई कोरोनाभाइरसको बारेमा अझै पूर्ण ज्ञान छैन, त्यस्ता व्यक्तिहरूलाई सचेत गराउनु हाम्रो कर्तव्य हो जब हाम्रा आफ्नै मानिसहरूलाई यस बारे सचेत बनाउन सकिन्छ, तब मात्र हामी यस देश, हाम्रो समाजबाट कोरोना भाइरसलाई हराउन सक्नेछौ र स्वस्थ जीवन जीउन सक्नेछौं। । यदि एक शिक्षित बौद्धिक व्यक्तिले आजको यस भयवित अवस्थामा सचेत गराउने बारेमा सोच्दछ भने, वास्तवमा हामी यो कोरोनाभाइरसलाई जतिसक्दो चाँडो हटाउन सक्दछौं र हाम्रो देशलाई सुरक्षित बनाउन सक्दछौं र यस्तै आम नेपाली नागरिक यस भयानक रोगबाट बच्न सक्नेछन।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...