Wednesday 8th July 2026

दक्षिण कोरिया द्वारा नेपाललाई दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ सामग्री हस्तान्तरण


तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण क्रममा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड 19 को दोस्रो लहरलाई नियन्त्रण गर्न सहयोग गर्ने बताउनु भयो किट हस्तान्तरण पश्च्यात नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुर्‍याउने डा रोशन पोखरेलले व्यक्त गरे महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्‍याएकोमा कोरियाली सरकारलाई उनले धन्यबाद प्रकट गरे ।
कोभिड 19 महामारीको दोस्रो लहरको बिरूद्ध लड्न नेपाल सरकारलाई सहयोग पुर्‍याउन रिपब्लिक कोरिया र कोइकाले आउँदो जुलाई/ अगस्त सम्म ३७८ पिस अक्सिजन कन्सर्टेटर खरीद सहित नेपाल सरकारलाई प्रदान गरिने जानकारी गराइएको छ।

दक्षिण कोरियाले यस कठिन संकटकालमा नेपाललाई सँधै सहयोग पुर्‍याएको छ यो भन्दा पहिला भूकम्प, प्राकृतिक प्रकोप महामारी जस्ता विपत्ति सहयोग गर्दै आएको छ। दक्षिण कोरियाले बिस्तारै नेपालमा अनुदान सहयोग बढाउँदै गएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...