तितोपाटी- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव…
मगण सगण तगण भगण गुरु गुरु आठ अक्षरमा विश्राम । सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ…
तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…
तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…
तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…
तितोपाटी- वैदेशिक रोजगारीमा गएका ५ सय ७१ जना नेपाली कामदार विभिन्न देशका जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार रोजगारीका लागि विभिन्न देश पुगेका ४२ जना महिला र ५ सय २६ पुरुष गरी ५ सय ७१ जना नेपाली जेलजीवन बिताइरहेका छन् । सचिवालयका अनुसार मलेसियामा दुई जना महिला…
कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल क्लबको नामले चिनिएको पुरानो क्लब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । क्लबको हिजो सम्मपन्न साधारणसभाले क्लबको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको क्लबको नाम अब " नमस्ते नेपाल रेष्टुरेन्ट…
तितोपाटी- इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली…
हरी कृष्ण न्यौपाने-कालिकोट घर भई करिब २ बर्ष देखी कुवेतमा कार्यरत सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेका छन। उनले ३० मार्च, मंगलबार, २०२१का दिन कम्पनीकै आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजादूतावास कुवेतका द्वितीय सचिब श्रिकृष्ण सिलवालले कार्किको मृत्युको बारेमा प्रारम्भिक जानकारी आएको बताए।सिलवालले थपे" मृतक कार्कीको काम्पनी र…
![]()