Monday 24th August 2026

नेपाल फर्किने तयारीमा रहेका गगन रावलकाे कोरियामा मृत्यु


तितोपाटी- इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी मालिकलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

प्रतिकृयाहरू
...