Saturday 17th October 2026

साइबर अपराधप्रति सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपालीलाई अनुरोध


तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ।

उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउन नसके कानूनको दायरामा परिने भन्दै अवैधानिक गतिविधी नगर्न अनुरोध गरेको छ।

इमो, फेसबुक, ह्वाट्स एप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालका माध्यमबाट साउदी कानूनविरुद्ध हुने गरी कुनै सामग्री अपलोड गरी त्यसलाई शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ। दूतावासले नेपाल रकम पठाउँदा बैंकिङ माध्यम प्रयोग गर्न छोडेर हुण्डी, हवाला वा अन्य कुनै पनि गैर–कानूनी माध्यमबाट रकमको कारोवार नगर्न पनि आग्रह गरेको छ।

दूतावासले साउदी अरबमा रहँदा आफ्नो दायित्व पूरा गर्न पनि त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। मदिराजन्य पदार्थको उत्पादन सेवन, बन्द, हड्ताल, धर्ना, जुलस नगर्न पनि दूतावासले आग्रह गरेको छ। केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...