झुलुक्क झुल्क्यो पिँढीमा घाम टलक्क टल्कियो । बिस्तारै घाम छिपिँदै गयो मध्यान्ह ढल्कियो।१। डाँडामा पुगे ढल्कँदै घाम डुब्नको तयारी। बिस्कुन लगी आँगन तिर दौडिएँ बेसरी।२। घामको राप मधुर भयो बिस्कुन सुकेन । चर्केको घाम ढल्केर गयो ध्यान नै पुगेन।३। हिजोको दिन जुँगाको रेखी ओठमा बसेको। आजको दिन तालुका रौँ ती…
कसैलाई कोरोनाले छुन्छ भन्ने पिर । कसैलाई लागेपछि निको पार्ने पिर ।१। कसैलाई छ जागिर गुमेकोमा पिर । कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२। कसैलाई ब्यापारमा घाटाको छ पिर । कसैलाई एक छाक आटाको नि पिर ।३। कसैलाई अरु कतै जित्लान् भन्ने पिर। कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।…
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ…
नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…
साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ । घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ । महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।। संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।। मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा हाम्रो दायित्व देश,जनता लाई…
साँढेको जुधाई बाच्छाको मिचाई अति नै भयो है। दुईटा साँढे यसरी जुध्दा को जित्ने होला खै।१। एउटा साँढे उफ्रन थाल्यो भुँईमा कुप्रेर। अर्कोले त्यहीँ देखायो जात्रा बुरुक्क उफ्रेर ।२। चीनको साँढे परेछ रातो खतरा संकेत। अमृकी साँढे लोथरो पर्यो चीनको चंखे छ।३। लडेका यिनी अचम्मै सित हुँकार गरेर। सा-साना बाच्छा…
भोग्नै पर्यो भावीले जो लेखेपछि निधारमा । पिडा दायी चिन्हहरू भेटेपछि निधारमा । किन यस्तो देख्छ हाम्रो समाजको आँखाले अभागी हो भन्ने गर्छन् चोट देखेपछि निधारमा । आज भोली माहामारी बढेपछि कोरोनाको । दिन दिनै मृत्यु मिटर चढेपछि कोरोनाको । कस्तो बेला अायो मान्छे मान्छे सँग डराउने चिन्ता झनै मनमा…
बिश्वमा आज अनौठो भा छ गोरु नि ब्याएको । जन्मेको बाच्छी बहर हो वा खुल्दुली लागेको । १ । अम्रिका भन्छ चाइना तिर होला यो ब्याएको । चाइना भन्छ पहिले साँढे अम्रिका आएको । २ । कसरी बुझ्नु यी पार्सी कुरा चकित भाका छौं। अति नै भयो घरमा बस्दा थकित…
हरिलाल शर्मा नाम सुबेदी हो थर। गलकोट नुवाकोट मेरो जन्म घर।। अमेरिका मिसिगन विकसोम बास। यहाँ पनि कोरोनाको उस्तै छ है त्रास।। कम्प्युटर इन्जिनियर हो मेरो पेशा। कहिले काँही कविता नजर दिन्छिन् यता।। हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो। गलकोट मा.बि. बाट दश पास भयो।। महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ।…
मुस्कुराउनु र मन खोलेर हाँसिदिनु फरक छ । मनपर्नु र गहिरो सम्बन्ध गाँसिदिनु फरक छ ।। सायदै केहि थाहा भएजस्तो लागेन तिम्लाई मन लगाउनु र मुटु भित्र टाँसिदिनु फरक छ ।। सोच्ने गर कहिले काहीँ मेरो तिरबाट पनि है जिवन जिउनु र अनाहक नासिदिनु फरक छ ।। मनमा प्रश्न उठे…
![]()