Wednesday 9th September 2026

गजल – राम भण्डारी


मुस्कुराउनु र मन खोलेर हाँसिदिनु फरक छ ।
मनपर्नु र गहिरो सम्बन्ध गाँसिदिनु फरक छ ।।

सायदै केहि थाहा भएजस्तो लागेन तिम्लाई
मन लगाउनु र मुटु भित्र टाँसिदिनु फरक छ ।।

सोच्ने गर कहिले काहीँ मेरो तिरबाट पनि है
जिवन जिउनु र अनाहक नासिदिनु फरक छ ।।

मनमा प्रश्न उठे भने शंकाकै भरमा कसैलाई
प्रतिघात गरेर मायाको फाँसिदिनु फरक छ ।।

सुन्दा उस्तै लाग्छ मायामा संगीतको धुन पनि
सुर र ताल नबुझी माया मासिदिनु फरक छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...