Monday 2nd November 2026
अन्तर्राष्ट्रिय समाचार
Image

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको वेबसाइटमा आइतबारदेखि दुबई, पेरिस, कायरोलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूको तालिका सार्वजनिक गरिएको छ। यद्यपि उडान ट्र्याकिङ वेबसाइटहरूका अनुसार केही उडान मात्रै सञ्चालनमा आएका छन् भने अधिकांश उडान…

Image

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने अनुमान गरिएको छ। बंगलादेशको प्रतिव्यक्ति जीडीपी २,८८६ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ भने भारतको २,७४९ डलर रहने अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार बंगलादेशको तयारी पोशाक उद्योग, वैदेशिक रोजगारबाट आउने…

Image

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज कुनै आक्रमण हुने छैन” भन्दै सम्भावित सैन्य कारबाहीको चर्चा तत्कालका लागि अस्वीकार गरेका छन्। इरानका राष्ट्रपति मसुद पेजेशकियनले युद्ध सुरु गरेर अमेरिकाले परिस्थितिलाई झन् जटिल बनाएको आरोप लगाएका छन्। उनले…

Image

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदान केन्द्रसम्म पुग्न यातायात समस्या र केही क्षेत्रमा परेको भारी वर्षाका कारण दुवै उम्मेदवारले मतदान समय दुई घण्टा थप्न आग्रह गरेका थिए। त्यसपछि सर्वोच्च अदालतले…

Image

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्। मस्कका अनुसार युक्रेनी सेनाले स्टारलिङ्कलाई आक्रमणात्मक ड्रोन हमलाका लागि प्रयोग गरेपछि केही प्रतिबन्ध लागू गरिएको हो। मस्कले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै स्टारलिङ्क नागरिक प्रयोजनका लागि बनाइएको सेवा भएकाले…

Image

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समयको निर्वासनपछि स्वदेश फर्किएकी छन्। उनले सामाजिक सञ्जाल एक्स (X) मार्फत आफ्नो आगमनको जानकारी दिँदै भेनेजुएली जनतासँग पुनः एकजुट भएको सन्देश दिएकी हुन्। माचाडोले निर्वासन अवधिमा धेरैपटक स्वदेश फर्कने प्रयास गरे पनि सफल भएकी थिइनन्। उनको…

Image

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आज राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ। चुनावमा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा देखिएको छ। ८० वर्षीय लुला चौथो कार्यकालको खोजीमा छन् भने ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पहिलो चरणको अपेक्षाभन्दा राम्रो नतिजापछि उत्साहित देखिएका छन्।…

Image

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रस्थित सियाङ नदीमा निर्माण गर्न लागिएको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’को विरोधमा उत्रिएका स्थानीय प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार राति झडप भएको हो। झडपका क्रममा प्रदर्शनकारीहरूले प्रहरी…

Image

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ हिटलर र उच्च अधिकारीहरूले प्रयोग गर्ने यो भवन आगोले घेरेपछि ठूलो संख्यामा उद्धार तथा नियन्त्रण टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब ९:१५ बजे आगलागी भएको जानकारी…

Image

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी रोममा हजारौं मानिसले युद्धविरोधी र्‍याली निकालेका थिए। साँझतिर प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न वाटर क्यानन र अश्रुग्यास प्रयोग…