Saturday 20th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली…

Image

तितोपाटी - अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एकजना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएका हुन् । त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी हुन्…

Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ। विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्। विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ। इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो…

Image

तितोपाटी - अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै…

Image

तितोपाटी - विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले…

Image

तितोपाटी - श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्। राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए। संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई…

Image

बीबीसी साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो । अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको…

Image

तितोपाटी - इटालीमा मङ्गलबार आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्। हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका कारण रूख ढलेर…

Image

तितोपाटी - भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो 'स्टाच्यु अफ युनिटी' को निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको हो । यो मूर्तिको प्रम मोदीले बुधबार एक कार्यक्रमबीच अनावरण गरेको…

Image

तितोपाटी -  फ्रान्सको उत्तरपूर्वी तथा मध्यदक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएको छ । हिम वर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासि परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिम वर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै…