Friday 26th April 2024

अष्ट्रेलियामा अत्याधिक गर्मी, अत्यावश्यक अबस्था भन्दा बाहेक घर बाहिर ननिस्कन सरकारको चेतावनी


तितोपाटी – अष्ट्रेलियामा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ ।अत्यधिक तापक्रम बढेको कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैभन्दा बढी तापक्रम हो ।

विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ ।

सरकारले गर्मी बढेपछि नागरिकलाई पानी प्रशस्त मात्रामा पिउन ,अत्यावश्यक नभएको खण्डमा बाहिर ननिस्कन र सजक रहन समेत आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...