Thursday 25th April 2024

रूसी वायुसेनाको २ लडाकु विमान प्रशिक्षण उडानको क्रममा एक आपसमा आकासमै ठोकिए


तितोपाटी – रुसी वायुसेनाको दुई लडाकू विमान जापानी समुन्द्र माथिको आकाशमा ठोकिएका छन् । प्रशिक्षणमा रहेका ती विमान देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसी रक्षा मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमान जापानी समुन्द्रमाथि एक आपसमा ठाेकिएकाे थियाे । स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

ठक्कर खाएका विमान गोला बारुदबिना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...