Friday 5th June 2026

कैन्याको राजधानी नैरोबीको एक होटलमा आत्मघाती वम हमला हुँदा १५ जनाको मृत्यु


तितोपाटी – केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् ।

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीहरुले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ । विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेका विदेश विभागका अधिकारीले जानकारी दिएका छन् ।

होटेल परिसरमा फसेका दर्जनौं व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३:३० बजे बिहान भाग्न सफल भएको बताइएको छ । के कति व्यक्ति होटेलमा छन् भन्ने प्रप्ट भइसकेको छैन । आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

प्रतिकृयाहरू
...