जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको एन्डोया स्पेसपोर्टबाट उडाइएको हो। यो रकेटले पाँच साना उपग्रह तथा नयाँ अन्तरिक्ष प्रविधि परीक्षण गर्ने उपकरणहरू अन्तरिक्षमा पुर्याएको कम्पनीले जनाएको छ। यसअघि १८ महिनाअघि गरिएको पहिलो प्रयास असफल भएको थियो।…
भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शव तथा मानव अंगको आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो। सबैभन्दा बढी प्रभावित जिल्लामध्ये चितवनमा ३६३, नवलपरासी (पूर्व) मा २२२, नवलपरासी (पश्चिम) मा २२१, नुवाकोटमा १९७…
दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि रहेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कफार रेमान क्षेत्रमा रहेको एक आवासीय भवनमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको हो। अर्को ड्रोन आक्रमणमा गाडीमा सवार दुई स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताइएको…
जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत पाएर सबैभन्दा ठूलो दल बनेको छ। तर AfD ले एक्लै सरकार बनाउन आवश्यक बहुमत भने प्राप्त गर्न सकेको छैन। त्यसैले अब सरकार गठनका लागि अन्य दलसँग सहकार्य गर्नुपर्ने अवस्था आएको…
अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच ट्यांकर तथा समुद्री गतिविधिलाई लिएर विवाद बढेपछि अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजार प्रभावित हुने चिन्ता बढेको छ। इरानले होर्मुज नजिक नयाँ "प्रतिबन्धित समुद्री क्षेत्र" घोषणा गर्ने तयारी गरिरहेको बताएको छ…
इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली सेनाका प्रमुख एयाल जामिरको नेतृत्वमा अक्टोबर ७ को हमलाबाट प्राप्त अनुभव र कमजोरीहरूलाई आधार बनाएर आकस्मिक सैन्य तयारी परीक्षण गरिएको छ। परीक्षणको मुख्य उद्देश्य विभिन्न दिशाबाट एकैसाथ हुनसक्ने आक्रमणको अवस्थामा…
अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश किशोरकिशोरी रहेको जनाइएको छ। घटनामा केही यात्रु घाइते भएका छन् भने उद्धार कार्य कठिन भौगोलिक अवस्थाका कारण प्रभावित भएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको…
भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। पछिल्ला तीन दिनमा चार जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा हालसम्म १,३४१ जनाको शव…
अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको जनाएको छ। अमेरिकी सेनाका अनुसार ती ट्यांकरहरू IRGC लाई आर्थिक सहयोग पुर्याउने सञ्जालको हिस्सा थिए। इरानले भने अमेरिकी कारबाहीलाई अवैध र आक्रामक भन्दै कडा शब्दमा निन्दा…
अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी किभ पुगेका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली प्रतिनिधिहरूसँग युद्ध अन्त्यका सम्भावित उपायबारे छलफल गरेका छन्। वार्तापछि अमेरिकी पक्षले शान्तिपूर्ण समाधानप्रति आशावादी रहेको जनाएको छ। यस बीच, कूटनीतिक…
![]()