Friday 25th July 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त…

Image

तितोपाटी - दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्। पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए। उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए। उक्त घटनाका बारेमा अधिकारीहरुले…

Image

तितोपाटी - सुपुर्दगी कानूनको बिरोधमा हङकङमा लाखाैं मानिसहरूले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । गत आइतबार सेतो पोसाकमा सडकमा उत्रेका लाखौं मानिस घण्टौं लामो प्रदर्शनमा उत्रेका थिए । विरोधका क्रममा प्रहरी र प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भए । मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारी…

Image

तितोपाटी -भारतको बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ले २३ बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासका क्षेत्रमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) र जापानी इन्सेफलाइटिस (जेई)बाट एक साताभित्र उनीहरूको मृत्यु भएको छ । मुजफ्फरपुर, पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामढी र वैशालीमा यो ज्वरोले प्रकोप रूप लिन थालेको छ ।…

Image

तितोपाटी - मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ । सोमबार त्यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् । सोमबारको उक्त घटनापछि…

Image

तितोपाटी - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । यो कार्ड संघका पंजीकृत सदस्यहरुका नेपालमा बस्ने परिवार सदस्यहरुको लागि हो। परिवार सदस्य भन्नाले संघका पंजीकृत सदस्यका पहिलो नाताका व्यक्तिहरु पर्दछन। श्रीमान्/श्रीमती, सन्तान र बाबु-आमा मात्र यसमा पर्छन। बिबाह गरेका सन्तानले यो कार्ड लिन…

Image

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुन लागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन…

Image

तितोपाटी- दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ । अधिकारीहरूका अनुसार यस दुर्घटनामा…

Image

तितोपाटी - भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्।उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त…