Saturday 18th May 2024

अन्यत्र जाडो बढ्दै गर्दा अष्ट्रेलियामा गर्मी र आगलागी


तितोपाटी-विश्वभर तापक्रम चिसिने यो समयमा अष्ट्रेलियमा भने गर्मी बढेको छ। अहिले अष्ट्रेलियामा ४० डिग्री तापक्रम पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियाका जंगलहरूमा आगलागी शुरू भएको र हावाहुरी पनि चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि आगलागी प्रभावित क्षेत्रतका मानिसहरूलाइ सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ भने आगलागीसँग जोडिएका घटनामा परी १० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ।

सोमवार सबैभन्दा खतरनाक आगो भिक्टोरिया राज्यमा सल्किएको छ। आगो लागेका स्थानहरूमा अग्निनियन्त्रकहरूलाई स्वयंसेवकहरूले साथ दिइरहेका छन्।आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रसिद्ध विदा गन्तव्य इस्ट गिप्सल्यान्डबाट पर्यटक तथा नगरबासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको छ।त्यस क्षेत्रमा करिब ३० हजार मानिस बसोबास गर्छन्।

जंगलमा लागेको डंढेलो राजमार्ग सम्म पुग्दा उद्दारमा असहज परिस्थिति सिर्जना भएको छ भने हावाहुरीका कारण आगो तटीय क्षेत्रमा आइपुग्ने जोखिम बढेको छ।मेलबर्न शहरदेखि १६ किलोमिटर उत्तरतिर पर्ने बन्डूरामा पनि आगोले जनधनलाई जोखिम पुर्‍याइरहेका विवरण प्राप्त भएका छन्।न्यू साउथ वेल्स राज्यमा आगो निभाउने काममा लागेका एक स्वयंसेवकको ज्यान गएको छ। तीव्र बेगको हुन्डरीमा ती व्यक्ति सवार ट्रक पल्टिँदा उनको ज्यान गएको र अन्य दुई घाइते भएको बताइएको छ। दक्षिण अस्ट्रेलियाको एडेलेइड र तास्मानिया टापुमा पनि आगो निभाउने प्रयास जारी छन्।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...