Monday 27th May 2024

अष्ट्रेलियामा लागेको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो


तितोपाटी-अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन्। न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ। अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन्।

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ। यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स…

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१…

प्रतिकृयाहरू
...