Friday 17th May 2024

कश्मीर सीमामा भिडन्त हुँदा भारत र पाकिस्तानका २-२ जना सेनाको मृत्यु


तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ ।

दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ ।

हाजी पीर सीमा क्षेत्रमा सीमा वारपार गोलीबारी भएको थियो । पाकिस्तानी सेनाले यस घटनालाई ‘युद्धविरामको उल्लंघन’ भएको टिप्पणी गरेको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कलियाले भने रामपुर क्षेत्रमा आफ्ना सिपाही पाकिस्तानी सेनाको आक्रमणबाट मारिएको जनाएका छन् । गत अगस्ट महिनादेखि नै कश्मीर क्षेत्रमा आम नागरिकको दैनिकी स्थिर हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...