Sunday 19th May 2024

भारतमा बलात्कारका आरोपीलाई सुनाइयो मृत्युदण्डको सजाय


एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।
नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा मृत्युदण्ड दिने फैसला सुनाएको हो । दोषी ठहर भएका उनीहरुलाई माघ ८ गते बिहान ७ बजे मृत्युदण्ड (फाँसी) दिने आदेश दिएको छ ।

बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो। उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो । सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा उनीहरुले २३ वर्षीया निर्भयाको बलात्कार गरेर हत्या गरेको थियो । सो घटनामा ६ जनाको संलग्नता रहेको थियो । घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो । निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि छोरीको आत्मको शान्तिका लागि न्यायको लडाई लड्दै आएकी थिइन् । उनले अदालतले सुनाएको फैसलाको स्वागत गर्दै छोरीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...