तितोपाटी- कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो । बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा…
तीतोपाटी - विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर…
तीतोपाटी - रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ। कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको छ। रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव…
तीतोपाटी - नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन…
तीतोपाटी - भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् । किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको…
तीतोपाटी - दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना…
तीतोपाटी - इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन…
तीतोपाटी - जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी दश वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा…
चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कनेछ । चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ…
![]()