Friday 9th October 2026

अमेरिकी संसदले ट्रम्प विरूद्ध महाअभियोग प्रस्ताव पारित गर्यो


तीतोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो ।

गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । महाभियोग प्रस्तावको विपक्षमा १९७ जना सांसद मात्र देखिए । रिपब्लिकन पार्टीकै दस जना सांसदले महाभियोग प्रस्तावको समर्थन गरेका छन् । योसँगै ट्रम्प दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

यसअघि सन् २०१९ मा पनि हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्यतिबेला भने ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक जना सांसद पनि देखिएका थिएनन् । तर त्यसबेला ट्रम्पलाई माथिल्लो सदन सिनेटले सफाइ दिएको थियो ।

आफ्नो कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले महाभियोगको सामना गर्नुपर्ने भएको छ । तल्लो सदनबाट पारित भएको प्रस्ताव अब सिनेटले पारित गर्नुपर्नेछ । त्यसका लागि सिनेटको दुई तिहाइ बहुमत आवश्यक हुन्छ । दुई तिहाइ बहुमतका लागि रिपब्लिकनका सांसदहरूले पनि मत दिनुपर्ने हुन्छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...