Wednesday 8th May 2024

अमेरिकी संसदले ट्रम्प विरूद्ध महाअभियोग प्रस्ताव पारित गर्यो


तीतोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो ।

गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । महाभियोग प्रस्तावको विपक्षमा १९७ जना सांसद मात्र देखिए । रिपब्लिकन पार्टीकै दस जना सांसदले महाभियोग प्रस्तावको समर्थन गरेका छन् । योसँगै ट्रम्प दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

यसअघि सन् २०१९ मा पनि हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्यतिबेला भने ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक जना सांसद पनि देखिएका थिएनन् । तर त्यसबेला ट्रम्पलाई माथिल्लो सदन सिनेटले सफाइ दिएको थियो ।

आफ्नो कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले महाभियोगको सामना गर्नुपर्ने भएको छ । तल्लो सदनबाट पारित भएको प्रस्ताव अब सिनेटले पारित गर्नुपर्नेछ । त्यसका लागि सिनेटको दुई तिहाइ बहुमत आवश्यक हुन्छ । दुई तिहाइ बहुमतका लागि रिपब्लिकनका सांसदहरूले पनि मत दिनुपर्ने हुन्छ ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...