Thursday 17th September 2026

लण्डन संसारकै उत्कृष्ट शहर, दिल्लीको स्थान ६२ औ


तीतोपाटी – संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ ।

खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले पनि उत्कृष्ट सय देशको सूचीमा आफूलाई १५ स्थानमा पार्न सफल भएको छ । बंगलादेश, श्रीलंका, मालदिप, भुटान र पाकिस्तानका कुनै पनि शहर एक सय का सुचीमा परेनन ।

संसारकै उत्कृष्ट अर्थात नम्बर वान शहरमा लण्डन ले बाजी मारेको छ । यसरी नै दश टप टेनको दोश्रोमा युर्योक, तेश्रोमा पेरिस, चौथोमा मस्को, पाचौमा टोकियो, छैठौमा दुवई, सातौमा सिंगापुर, आठौमा बार्सिलोना, नवौ शहरमा लस एन्जलस र दशौमा म्याड्रिड रहेको छ ।

खाडी राष्ट्रका कतारको राजधानी दोहा २३ औ स्थानमा छ यसरी नै साउदीको रियाद ६१ औ स्थानमा र ओमनको मस्कट ७८ औ स्थानमा परेको छ । मध्य पश्चिम एषियामा पर्ने ईजायरेल को तेलअभिभ ४५ औ स्थानमा छ । सूचिको अन्तिम १०० मा भने पोल्याण्डको कारक्वा शहर रहेको छ ।

उत्कृष्ट सय शहर को चयनका लागि हावापानी, उत्पादन, मानिसको सुरक्षित जन्मदर, सबृद्धी, नेटको पहुच र उपभोग, सामाजिक संञ्जाल र सर्च ईन्जनहरुको उपयोग आदी लाई आधार मानेर गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...