Friday 19th April 2024

साउदीले कतारमाथिको लामो प्रतिबन्ध हटायो


तितोपाटी- साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ ।

साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

कतारले भने बारम्बार ती आरोपहरूलाई अस्वीकार गरिरहेको थियो र अझै पनि गरिरहेको छ । नाकाबन्दी अन्त्य भएसंगै कतारका अमीर शेख तामीम बिन हमाद अल थानीले आज  साउदीमा हुने ४१औँ खाडी सहयोग परिषद (जीसीसी) शिखर सम्मेलनमा भाग लिने छन्।


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...