Sunday 21st June 2026

साउदीले कतारमाथिको लामो प्रतिबन्ध हटायो


तितोपाटी- साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ ।

साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

कतारले भने बारम्बार ती आरोपहरूलाई अस्वीकार गरिरहेको थियो र अझै पनि गरिरहेको छ । नाकाबन्दी अन्त्य भएसंगै कतारका अमीर शेख तामीम बिन हमाद अल थानीले आज  साउदीमा हुने ४१औँ खाडी सहयोग परिषद (जीसीसी) शिखर सम्मेलनमा भाग लिने छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...