Sunday 13th September 2026

अमेरिका–इरान बिच समझ्दारी पत्रमा हस्ताक्षर, प्रतिबन्ध हटाउने योजना र आणविक मुद्दा अझै बाँकी


अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने र इरानमाथिका प्रतिबन्ध हटाउने व्यवस्था गरेको छ। साथै इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको योजना प्रस्ताव गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियानले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन्।

तर मुख्य विवादको विषय—इरानको आणविक कार्यक्रम—अझै पनि समाधान हुन बाँकी छ र यसको लागि ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य राखिएको छ। सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको छ र युरेनियमलाई IAEA को निगरानीमा कम सघन बनाइने उल्लेख छ।

द्वन्द्वका कारण ऊर्जा मूल्य बढेको थियो, तर सम्झौतापछि केही घटेको छ। यद्यपि इरानले भविष्यमा हर्मुजबाट जाने जहाजमा शुल्क लगाउन सक्ने संकेत दिएको छ। योजना अमेरिकाभित्रै विवादित बनेको छ—केही नेताहरूले यसलाई कमजोर र जोखिमपूर्ण भन्दै आलोचना गरेका छन्, जबकि ट्रम्पले यसले ठूलो आर्थिक संकट रोक्ने दाबी गरेका छन्।

अमेरिका – इरानबीच भएका समझ्दारी पत्रमा के लेखिएका छन् त?

१. सबै मोर्चामा तत्काल र स्थायी युद्धविराम।
२. एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता।
३. ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य (समय बढाउन सकिने)।
४. अमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाउने।
५. इरानले हर्मुज जलडमरूमध्य खोल्ने, सुरुआतमा निःशुल्क आवागमन।
६. इरानका लागि करिब $३०० अर्ब पुनर्निर्माण योजना।
७. इरानमाथिका अन्तर्राष्ट्रिय र अमेरिकी प्रतिबन्ध हटाउने प्रक्रिया।
८. इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता र युरेनियम घटाउने।
९. अन्तिम सम्झौतासम्म हालको अवस्था कायम राख्ने।
१०. इरानी तेल निर्यातमा अस्थायी छुट (वेभर) दिने।
११. रोकिएका इरानी सम्पत्ति प्रयोग गर्न अनुमति दिने।
१२. कार्यान्वयनको निगरानीका लागि संयुक्त संयन्त्र बनाउने।
१३. केही मुख्य बुँदा लागू भएपछि अन्तिम वार्ता सुरु गर्ने।
१४. अन्तिम सम्झौतालाई राष्ट्रसंघीय सुरक्षा परिषद्बाट अनुमोदन गर्ने।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ।…

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

प्रतिकृयाहरू
...