तीतोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी…
तीतोपाटी - मध्य चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको यस भिषण वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको…
तीतोपाटी - नेपालमा कोरोना संक्रमण पुनः उकालो लागेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५८०८ नमूनामा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०८८६ नमूनाको पीसीआर र ४९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट…
तीतोपाटी - भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको…
तीतोपाटी डटकम-जिएनएन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा विकास राज न्यौपाने निर्वाचित भएका छन् ।नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले विकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ । अध्यक्ष पदमा प्रारम्भमा विकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णु हरि घिमिरे…
तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…
तीतोपाटी डटकम-कुवेतको अमादी प्रहरीले घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको छ।जुलाई २०, २०२१का दिन कुवेतको फाहहिलमा छापा मारिएको खबर अरब टाइम्सले जनाएको छ। समाचारमा भनिएको उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ठुलो मात्रामा बिक्रिका लागि तयारी अवस्थामा राखिएको घरेलु मदिराका बोटलहरु तथा उत्पादनमा प्रयोग हुने उपकरणहरु नियन्त्रणमा लिईएको छ।त्यस्तै उक्त उत्पादन…
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि…
तितोपाटी- पानीको अभाव भएका ठाउँमा जमिनमुनि खनेर, खोला, समुद्रलगायत विभिन्न स्रोतमार्फत खानेपानी निकाल्न सकिन्छ । तर, जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन अनि स्रोतको बढ्दो अभावबीच वैज्ञानिक र खोजकर्ताहरुले खानेपानी सम्बन्धी नयाँ समाधान पत्ता लगाएका छन् । यसको सबैभन्दा सहज माध्यम हावा भएको उनीहरुको विश्वास छ । वायुमण्डलीय हावाबाट पानी निकाल्न दर्जनौँ…
तीतोपाटी - नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री बनेको एक हप्ता नबित्दै देउवाले संसदबाट विश्वासको मत लिएका हुन् । संसदमा आज भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले…
![]()