Saturday 27th April 2024

कुवेतमा आममाफीको फाइदा लिन पहिलो दिन ६५२ जनाले निवेदन पेश गरेका छन


तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो।
यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।

उल्लंघनकर्ताहरुले राज्यबाट थप आर्थिक जरिवानाबाट बच्न आफूहरुले चाहेको बताउदै २५८ जना विदेशीले विमानस्थल हुँदै देश छाडीसकेका छन। यदि उल्लंघनकर्ताहरु संग कुनै प्रशासनिक वा न्यायिक अवरोधहरू छैनन भने थप रूपमा, उल्लङ्घन गर्नेहरूले तोकिएको समय अवधि भित्र जरिवाना बिना देश बाहिर जान सक्ने सुविधा रहेको छ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...