Saturday 27th April 2024

सोमालियाली डाँकाको अपहरणमा पर्‍यो बंगलादेशी कार्गो जहाज, ३२ बन्धक


एजेन्सि-हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन् ।

सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ ।

सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो जहाज अचानक सोमालिया नजिक पुगे पछि समुद्री डाकुहरूले आक्रमण गरेका हुन् ।

‘१५–२० सोमाली समुद्री डाकुहरूको समूहले जहाज अपहरण गरेका छन,’ सो जहाजका मालिक कबीर स्टिल रि–रोलिङ मिल्सका प्रमुख कार्यकारी अधिकृत मेहरुल करीमले भने।

उनका अनुसार बल्क कमोडिटी क्यारियर मोजाम्बिकबाट संयुक्त अरब इमिरेट्सको लागि यात्रा गरिरहेको थियो र सोमालियाको राजधानी मोगादिसुबाट करिब ८ सय समुद्री माइल पूर्वमा हिन्द महासागरमा आक्रमण भएको समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

कबीर स्टिल रि(रोलिङ मिल्सले बन्धक बनाइएका चालक दलका एक सदस्यको अडियो सन्देश जारी गरेको छ। बन्दुकधारीहरू दुईवटा स्पीड बोटमा आएर जहाजमा चढ्ने क्रममा गोली चलाएको उनले बताए।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...