Wednesday 30th September 2026

सोमालियाली डाँकाको अपहरणमा पर्‍यो बंगलादेशी कार्गो जहाज, ३२ बन्धक


एजेन्सि-हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन् ।

सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ ।

सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो जहाज अचानक सोमालिया नजिक पुगे पछि समुद्री डाकुहरूले आक्रमण गरेका हुन् ।

‘१५–२० सोमाली समुद्री डाकुहरूको समूहले जहाज अपहरण गरेका छन,’ सो जहाजका मालिक कबीर स्टिल रि–रोलिङ मिल्सका प्रमुख कार्यकारी अधिकृत मेहरुल करीमले भने।

उनका अनुसार बल्क कमोडिटी क्यारियर मोजाम्बिकबाट संयुक्त अरब इमिरेट्सको लागि यात्रा गरिरहेको थियो र सोमालियाको राजधानी मोगादिसुबाट करिब ८ सय समुद्री माइल पूर्वमा हिन्द महासागरमा आक्रमण भएको समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

कबीर स्टिल रि(रोलिङ मिल्सले बन्धक बनाइएका चालक दलका एक सदस्यको अडियो सन्देश जारी गरेको छ। बन्दुकधारीहरू दुईवटा स्पीड बोटमा आएर जहाजमा चढ्ने क्रममा गोली चलाएको उनले बताए।


सम्बन्धित शीर्षकहरु

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार…

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
…

प्रतिकृयाहरू
...