Saturday 18th July 2026

रुसमा अमेरिका वा नेटोले आक्रमण गरे चीनले रुसको पक्षमा सेना पठाउने !


एजेन्सि- चीनको रक्षा मन्त्रालयका एक प्रतिनिधिले अमेरिका वा नेटो देशले रुसमाथि आक्रमण गरे चीनले सेना पठाउने दाबी गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नेटोले युक्रेनमा सेना पठाउनुपर्ने बताएको समयमा यो कुरा बाहिर आएको हो ।

यसैबीच, गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिँदै रुस आणविक युद्धका लागि तयार रहेको र युक्रेनमा अमेरिकी सेना तैनाथ गरेमा युद्धमा वृद्धि हुने बताएका थिए ।

गत महिना फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना उतार्ने सम्भावनालाई अस्वीकार गरेका थिए । उनले शुक्रबार पनि यही कुरा दोहोर्‍याए। उनले फ्रान्सेली अखबार ला पेरिसियनलाई भने- म पनि यो होस् भन्ने चाहन्न। म यसका लागि पहल पनि गर्दिन, तर हामीले युक्रेनमा रुसी सेनालाई भगाउनको लागि भूमिगत अपरेशन गर्न आवश्यक छ ।

म्याक्रोनको बयानपछि इटालीले मार्च १७ मा नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको थियो । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्ताका क्रममा भने– ‘नेटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ भन्ने मलाई लाग्दैन । यदि यस्तो भयो भने यो ठूलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सकोस्। युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो।’

अर्कोतर्फ रुस–चीनबीच निकटता बढ्दै गएको छ । दुवै देश मिलेर चन्द्रमामा परमाणु प्लान्ट बनाउन चाहन्छन् । यसका लागि दुवैले मिलेर काम गर्नेछन् । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका सीईओ युरी बोरिसोभले सन् २०३३-३५ मा रुस र चीनले संयुक्त रुपमा चन्द्रमाको सतहमा परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने बताएका थिए ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका सीईओ युरी बोरिसोभले आणविक उर्जा केन्द्रलाई चन्द्रमाको सतहमा लैजान रुसले आणविक शक्तिबाट चल्ने रकेट बनाउने बताएका थिए । यो एक कार्गो रकेट हुनेछ र पूर्ण रूपमा स्वचालित हुनेछ। यसलाई चलाउनको लागि मानिसको आवश्यकता पर्दैन, मानिसले प्रक्षेपणमा मात्रै ध्यान दिनुपर्छ ।

मार्च १९, २०२३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने भ्रमणमा रुस पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरे। भेटका क्रममा दुवै नेताले आणविक युद्ध कहिल्यै नहुने कुरामा सहमति जनाएका थिए । पुटिनले चीनको शान्ति योजनालाई युद्ध अन्त्यका लागि आधारका रूपमा प्रयोग गर्न सकिने बताएका थिए । चीनको १२ बुँदे शान्ति योजनाले वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेको छ।

फेब्रुअरी ४, २०२२ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहको लागि बेइजिङ पुगेका थिए। यहाँ उनले रुसले ‘एक चीन नीति’ लाई समर्थन गरेको बताए । चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गरेको छ।

सोही क्रममा दुवै देशले एकअर्काको हित रक्षाका लागि सहकार्य गर्ने कुरा पनि गरेका थिए । यसमा आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा कुनै पनि अन्य देशको हस्तक्षेप स्वीकार नगर्ने समावेश छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

प्रतिकृयाहरू
...