Friday 11th September 2026
अन्तर्राष्ट्रिय समाचार
Image

उत्तरपश्चिमी पाकिस्तानमा एक राजनीतिक र्‍यालीमा आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा ४४ जनाको मृत्यु हुनुका साथै करिब २०० जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको बाहिरी भागमा आइतबार रूढिवादी जमियत उलेमा-ए-इस्लाम (JUI-F) पार्टीको भेलामा विस्फोट भएको थियो। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको…

Image

दक्षिण अमेरिकी राष्ट्र पेरु मा अहिले राजनैतिक हिंसा भडकिएको छ । सरकारले हिंसा रोक्न प्रयास गरे पनि त्यो सहज देखिन्दैन । अहिले सम्म प्रर्दशनकारी र प्रहरी गरि ६० जनाको ज्यान गई सकेको छ पेरुका राष्ट्रपति डिना बोलुअर्टेले जुलाई २८, २०२३ मा पेरुको लिमास्थित लेजिस्लेटिभ प्यालेसमा राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रिय…

Image

कुवेतले हिँजो बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका व्यक्ति लगायत पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको हो। उक्त आक्रमणमा २७ जनाले ज्यान गुमाएका थिए भने २२० भन्दा बढि मानिस घाइते भएका थिए ।…

Image

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको…

Image

अत्याधिक गर्मीको कारण भूमध्यसागरीय जंगलमा लागेको डढेलोमा परि ४० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौंलाई विस्थापित भएको बीबीसीले जनाएको छ । हताहत हुनेहरू धेरैजसो अल्जेरियाको रहेको जनाइएको छ जहाँ ३४ जनाको ज्यान गएको छ । जंगलमा रहेका गाउँहरू र छुट्टी मनाउन प्रयोग गरिने रिसोर्टहरूमा आगलागी भएकोले हताहतीको संख्या…

Image

एजेन्सी - बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि…

Image

मनिला: फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले सोमबार भने कि राष्ट्रको लागुऔषध विरोधी अभियानले पुनर्स्थापना र शिक्षामा ध्यान केन्द्रित गरेर "नयाँ अनुहार लिएको छ", तर कार्यकर्ताहरूले अझै पनि अवैध रूपमा मारिने गरेको दाबी गर्छन्। २०१६ मा पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेले सुरु गरेको लागूऔषध युद्धमा हजारौं मानिसहरू मारिएका छन्, जसले निन्दा र कथित…

Image

बेलायती मुस्लिम धर्मोपदेशक अन्जेम चौधरीलाई गत हप्ता लण्डनमा पक्राउ गरिसकेपछि तीनवटा अपराधको अभियोग लगाइएको प्रहरीले सोमबार जनाएको छ। ५६ वर्षीय चौधरीमाथि प्रतिबन्धित सङ्गठनको सदस्यता, संस्थालाई निर्देशन दिने र प्रतिबन्धित सङ्गठनलाई समर्थन गर्नका लागि त्यसको सभालाई सम्बोधन गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ । उनी सोमबार लण्डनस्थित अदालतमा उपस्थित हुनेछन् ।…

Image

इजरायली संसदले सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित गरेको छ । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक त्यहाँको संसदले पारित गरेको हो । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए । विपक्षी दलले मतदान वहिस्कार गरेपछि सरकारले उक्त विधेयक पारित गरेको हो ।…

Image

अफगानिस्तानमा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएको तालिवानका प्रवक्ता र स्थानीय अधिकारीहरूले बताएका छन्। तालिवान सरकारले पीडितहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन सहायता एजेन्सीहरूलाई आह्वान गरेको छ। विगत ७२ घण्टामा, कम्तिमा ३१ जनाले देशभर ज्यान गुमाएका छन्, विपद् व्यवस्थापन निकायले ड्युच…